“विद्यार्थीमैत्री गणित सिकाइ: एक विद्यालय, एक प्रयोगशाला” “Student-Friendly Math Learning: One School, One Lab”

ललितपुर, १ जनवरी २०२५
आज ललितपुरको मूनलाइट सेकेन्डरी स्कूलमा Collaborative Education Consortium (CEF) ले आयोजना गरेको गणित शिक्षक तालिम कार्यशाला सम्पन्न भयो। कार्यक्रमलाई VAK Education Pvt. Ltd. को सहयोग प्राप्त थियो।

कार्यशालाको मुख्य स्रोत व्यक्ति दयामन श्रेष्ठ हुनुहुन्थ्यो, जसले कक्षा १ देखि ५ सम्मका शिक्षकहरूलाई गणित सिकाउने प्रभावकारी तरिकाहरूमा तालिम दिनुभयो। सहभागी शिक्षकहरू नौ विद्यालयबाट आएका थिए:

  • प्रगति आदर्श विद्यालय
  • निहारिका पब्लिक स्कूल
  • चाँदनी इंग्लिस स्कूल
  • कोपिला इंग्लिस स्कूल
  • माउन्ट ओलिभ इंग्लिस स्कूल
  • ब्लु बर्ड स्कूल
  • VVM
  • मूनलाइट सेकेन्डरी स्कूल
  • नेशनल चिल्ड्रेन स्कूल

कार्यशालामा २१ जना शिक्षकहरूले सहभागिता जनाए।

दयामन श्रेष्ठले शिक्षकहरूलाई गणित शिक्षालाई अझ सरल, रोचक, र विद्यार्थीमैत्री बनाउने उपायहरू सिकाउनुभयो। “गणितलाई दैनिक जीवनसँग जोडेर सिकाउँदा, विद्यार्थीहरूका लागि यो विषय सजिलो र आकर्षक बन्नेछ,” उहाँले भन्नुभयो।

कार्यक्रमका मुख्य विशेषताहरू:

  • शिक्षकहरूको क्षमता विकासका लागि व्यावहारिक गतिविधिनवीन विधिहरू।
  • गणित शिक्षालाई सरल र विद्यार्थी केन्द्रित बनाउने उपायहरू।
  • शिक्षकहरूका लागि आधुनिक शिक्षण रणनीतिहरू।

कार्यक्रमले सहभागी शिक्षकहरूलाई आफ्ना विद्यार्थीहरूको सोचलाई नयाँ दिशा दिनका लागि प्रेरित गर्‍यो। यो तालिमले दयामन श्रेष्ठको गणित शिक्षालाई परिवर्तनशील बनाउन गरिएको अभियानलाई थप मजबुत बनाएको छ।

www.dayamanshrestha.com/dms

 

 

Scroll to Top