गणितीय शैक्षिक सुधार अभियान अन्तरगत रुकुम पश्चिम जिल्ला आठविसकाेट नगरपालिका अन्तरगत जनविकास माध्यमिक विद्यालयकाे आयोजना ,आठविसकाेट नगरपालिका काे समन्वय तथा इक्वालिटि फाउन्डेसनकाे सहजीकरणमा क्रियाकलापमाआधारित गणिती प्रयोगशाला सम्बन्धित तीन दिने कार्यशालाकाे दाेश्राे दिन उल्लासमय बाताबरणमा सम्पन्न भयो ।
गणित सुधार कार्यशालामा सहजीकरण दयामान श्रेष्ठ ( CEO – Mathematics Educaछtion Research & Resource Center (MERARC), Sitapaila) र जे पि तिमिल्सिनाले गर्नुभएको थियो ।शैक्षिक सुधार अभियानलाई प्रभावकारी र उपलब्धिपुर्ण बनाउन खास शिक्षा अभियानका अभियान्ता राम वि शाम, शैक्षिक अभियान्ता डिआर तिमिल्सिनाकाे उपस्थिति थियो । आठविसकाेट नगरपालिका भित्रका विभिन्न विद्यालयबाट बीस जना गणित विषयका शिक्षकहरूकाे सक्रिय सहभागीतामा शैक्षिक सामग्री निर्माण प्रयोग तथा प्रदर्शनी गर्दै सुसम्पन्न भयो ।