गणित प्रयोगशाला कर्णालीप्रदेशमा

बिरेन्द्रनगर सुर्खेत । गणितलाई दैनिक जीवन संग जाेड्दै , गणित विषयको हाउगुजीलाई चिर्दै , गणितलाई सुख ,सान्ति ,संवृधि र सफलताको आधार बनाउदै क्रियटिभ गणित शिक्षण अभियान कर्णाली प्रदेशमा प्रवेश गरेको छ। जसअन्तरगत “एक स्कुल एक म्याथ ल्याव ” अभियानका सर्जक दयामान श्रेष्ठकाे टिम कर्णाली प्रदेशमा पुगेर दस जिल्लाका गणित शिक्षकहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश स्तरमा गणितीय शैक्षिक सुधार अभियानअन्तरगत मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेश सुर्खेतकाे आयोजनामा यश प्रदेशका गणित शिक्षकहरुलाई क्रियाकलापमा आधारीत गणित शिक्षण तथा गणित प्रयाेगशाला सम्बन्धि कार्यशाला व्यापक शिक्षकहरुकाे उपस्थितिमा सन्चालन गरियो। प्रदेश स्तरीय गणित कार्यशाला सन्चालनमा महत्त्वपूर्ण भुमिका खेल्नुहुने तथा अवसर उपलब्ध गराउनु हुने मानव संसाधन केन्द्रका निर्देशक धर्म जित शाही

वरिष्ठतम् प्रशिक्षक हरि रावल,प्रशिक्षक ,खिमप्रसाद ढकाल ,वरिष्ठ लेखा अधिकृत
सुरेन्द्र शाही ,प्रा स लाेग बहादुर बिस्ट लगायत सम्पुर्ण मानव संसाधन केन्द्रका परिवारलाई हार्दिक धन्यवाद साथै कार्यशाला सन्चालनकाे लागि समन्वयकाे भुमिका निर्भाह गर्नु हुने ईक्वालिटि फाउन्डेसन कर्णाली प्रदेशका संयाेजक जे पि तिमिल्सिना , खास शिक्षा अभियानका प्रमुख राम वि साम प्रति हार्दिक आभार ।

Scroll to Top